|

Introduction

अन्तराष्ट्रिय सहकारी मुल्य,मान्यता र सिद्धान्तका आधारमा सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकिकृत गरी आपसमा स्वयम्द्घरा संचालित एवम् नियन्त्रित सहकारी संस्थाको माध्यमद्घरा हामी प्रत्यक सदस्यको आर्थिक सामाजिक तथा साँस्कृतिक बिकासको लागि एक सहकारी संस्थाको गठन गरी सञ्चालन गर्न आवश्यक भएकाले सहकारी ऐन २०४८ को दफा १२ को उप दफा १ ले दिएको अधिकारको प्रयोग गरी स्वतन्त्र भुतपुर्ब सैनिक बचत तथा ऋण सहकारी संस्था लि को स्थापनाको लागि मिति २०६८/०८/०९ मा बसेको प्रारम्भिक भेलाको निर्णय बमोजिम २०६८/०८/२९ गते बसेको दोश्रो प्रारम्भिक भेलाले सर्ब सम्मतबाट पारित गरी मिति २०६८/०९/२७ गते बिधिवत रुपमा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भै सञ्चालनमा रहेको छ ।