|

Profile

संस्थाको पृष्ठभूमीः

नेपालको मध्य भागमा स्थित गैंडाकोट नगरपालिकामा पहिला पातलो बस्ती र कम जनसंख्या रहेता पनि केही समय यता यहाँ बसाई सरी आउनेको संख्या बढेको छ । यहाँबाट प्राप्त गर्न सकिने गुणस्तरिय शिक्षा, सुलभ स्वास्थ्य उपचार उचित सुरक्षि यातायातको सुविधा साथै मनोरम सम्पदा र धार्मिक दृष्टिले पनि रमणीय तिर्थ स्थलको कारण नेपाल ,भारत तथा व्रिटिश सेवारत तथा सेवा निवृत सैनिकहरु पनि बसाई सरी यहा आएका छन । र आउने क्रम जारी छ । विभिन्न स्थानबाट आएका भू.पू तथा सेवारत सैनिकहरुलाई आवद्ध गरी स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गठन गरि मिति २०६८/०९/२७ गते ५७ जना पूरुष र २ जना महिला लाई शेयर सदस्य गराई डिभिजन सहकारी कार्यलय नवलपरासी मा दर्ता नं.४७६/०६८/६९ कायम गराई विधिवत रुपमा संचालनमा आएका. छ । बर्तमानमा स्वतन्त्र भूतपूर्ब सैनिक बचत तथा ऋण सहकारी संस्थाले ५० करोड भन्दा बढि पूँजी परिचालनका साथमा ३००० भन्दा बढि सदस्यहरुलाई बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था नै किन ?

१. स्पष्ट भिजन र मिशन भएको संस्था ।

२. सदस्यको जन्म देखि मृत्यु सम्म हेरचाह गर्ने संस्था ।

३. सदस्यको सुख दुखको साथी संस्था ।

४. वित्तीय जोखिम कम भएको संस्था ।

५. उच्च एवं स्थिर आयश्रोत भएका सदस्यद्धारा संचालित संस्था ।

६. बचतमा आकर्षक व्याजदर साथै ऋणमा प्रतिशप्रधात्मक व्याजदर निर्धारण गरेको संस्था ।

७ भाखा नाघेको ऋण न्यून भएको संस्था ।

८. दक्ष एवं स्थिर कर्मचारी द्धारा संचालित ।

९. संचालक समितिका कुशल नेतृत्व ।